arin enterprises

पूर्व राष्ट्रपति ट्रम्प पक्राउ परेको २० मिनेटमै रिहा

SamacharDesk | २०८० भाद्र ८, शुक्रबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जियामा आत्मसर्मपण गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमाको नतिजालाई उल्टाउने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेपछि ट्रम्पले एटलान्टा जेल समक्ष आत्मसमर्पण गर्नुभएको हो ।

ट्रम्पसँगै उहाँका १९ जना सहयोगीले पनि फुल्टोन काउन्टी जेलमा आत्म समर्पण गरेका छन् । तर उनी आत्मसमर्पण गरेको २० मिनेटमै २ लाख अमेरिकी डलर धरौटीमा रिहा हुनुभएको छ ।

ट्रम्पलाई फौजदारी मुद्दामा पाँच महिनामा यो चौथो पक्राउ हो । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरुले उहाँलाई नियन्त्रणमा लिएका थिए ।

त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारिरीक हुलियाको पनि रेकर्ड राखिएको थियो ।

ट्रम्प जेलमा पुग्दा उहाँका समर्थकहरु पनि भेला भएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय