ट्वीटरमा अब २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने
SamacharDesk | २०८० आषाढ १४, बिहिबार

अब ट्वीटरमा २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने भएको छ ।
कम्पनीका मालिक एलन मस्कले यसको जानकारी दिएका हुन् । उनले ट्वीटर राइट ह्यान्डलबाट गरिएको पोस्ट रिट्वीट गर्दै यस विषयमा जानकारी दिएका थिए ।
ट्वीटरले ब्लुटिक खरिद गरेका प्रयोगकर्ताका लागि १० हजार क्यारेक्टर रहेको सीमा विस्तार गरी २५ हजार पुर्याइएको छ ।
यस्तै ट्वीटरले अर्को पनि दुई नयाँ फिचर ल्याएको ट्वीटर राइटले जनाएको छ ।
जसमा चार ओटा तस्वीर पनि समावेश गर्न सकिने उल्लेख गरेको छ ।
Categorized in विज्ञान-प्रविधी