arin enterprises

रुपन्देहीमा विष्फोटक पदार्थसहित दुई जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

बुटवलमा विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका ७ आम्दा लाईनबाट १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्ला निस्दी गाउँपालिका–१ बस्ने ४१ वर्षीय मिन बहादुर आलेलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर विष्फोट पदार्थ सम्बन्धि कसुर अन्तर्गत मुद्दा अघि बढाइएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Categorized in अपराध