arin enterprises

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र ४, बिहिबार

ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर महानगरपालिका ९ बालकुमारी पुलबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

निषेधाज्ञाको समयमा हिँडिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले सोधपुछ गर्न खोज्दा एकाक्सी प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बि एण्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Categorized in अपराध