arin enterprises

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र ५, शुक्रबार

पोखरा महानगरपालिका २७ ज्यामिरेकुनाबाट अवैध लागू औषध सहित दुई जनालाई पक्राउ गरिएको छ । 

१ किलो ४ सय ६० ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

निजहरुबाट र २ थान मोबाइल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका २७ अर्घौंचोक घर भएका २३ वर्षीय सन्दिप बिक र सोही महानगरपालिका १७ कालीगन्डकी घर भएका २९ वर्षीय किशोर तिमिल्सेना रहेका छन् ।

पोखराका बिभिन्न स्थानमा लागूऔषध गाँजा किनबेच, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा ग.५ प ५८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट २० ग्राम गाँजा फेला पारी मोटरसाइकल चालक सन्दिप र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो । 

साथै अनुसन्धानको क्रममा सन्दिपको कोठाबाट थप १ किलो ४ सय ४० ग्राम लागूऔषध गाँजा समेत प्रहरीले फेला पारी बरामद गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Categorized in अपराध