युरोकप २०२८ आयोजनाको लागि दुई देशका दाबी
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १०, बिहिबार

युरोकप २०२८ फुटबल संयुक्त आयोजनाका लागि बेलायत र आयरल्याण्डले दाबी गरेका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले युरो आयोजकको लागि युके र आयरल्याण्डले संयुक्त रूपमा दाबी पेश गरेको जानकारी दिएको हो ।
युईएफएले आगामी मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकेको थियो । यस्तै टर्कीले पनि २०२८ को साथै २०३२ को लागिसमेत युरोकप आयोजनाका लागि दाबी पेश गरेको छ ।
यसैगरी रुसले पनि युरोकप आयोजनाका लागि दाबी गरेको छ । युक्रेनमाथि आक्रमणको विरोध गर्दै रुसी क्लब र राष्ट्रिय टोलीहरू हाल फिफा र युइएफएद्वारा अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लागे पनि रुसले सन् २०२८ र २०३२ को युरोकप आयोजना गर्न इच्छुक रहेको बताउँदै दाबी पेश गरेको हो ।
इटालीले भने २०३२ को युरो आयोजनाका लागि दाबी पेश गर्ने बताईएको छ ।
युईएफएले २०२३ को सेप्टेम्बरमा आयोजकको घोषणा गर्ने बताएको छ ।
Categorized in स्पाेर्ट्स