arin enterprises

रियल म्याड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २३, बिहिबार

इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ३–१ गोलले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा २–० गोलको जित निकाल्यो ।

बुधबार राति घरेलु मैदानमा खेलेको चेल्सीका लागि पहिलो हाफमा वेर्नरले २८ औं मिनेटमा गोल गर्दा ८५ औं मिनेटमा माउन्टले दोस्रो गोल गरे ।

चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि पहिलो पटक फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग आगामी २९ मेमा टर्कीको इस्तानबुलमा खेल्ने छ ।

च्याम्पियन्स लिगको फाइनलमा यो तेस्रो पटक इंग्लिस क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा सन् २०१९ मा लिभरपुल र टोटेनहम उपाधिका लागि भिडेका थिए ।

त्यस्तै यसअघि चेल्सी  २००८ र २०१२ मा पनि पुगेको थियो भने सिटी पहिलो पटक फाइनलमा पुगेको हो ।

Categorized in स्पाेर्ट्स