उजंको ‘मतिना’ सार्वजनिक
SamacharDesk – बिराज | २०७८ जेठ २९, शनिबार

उजं शाक्य, यो नाम अहिले नेपाली पप संगीत क्षेत्रमा नौलो नभईसक्यो ।
‘मैंचा’ गीत गाउँदै युवा ढुकढुकी बनिसकेका उजंको नयाँ गीत ‘मतिना’ हालै सार्वजनिक भएको छ । ‘मैंचा’ गीत सार्वजनिक भएको एक वर्ष हुनै लाग्दा शुक्रबार उजंले युट्युबमार्फत ‘मतिना’ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् ।
उजंले आफ्नो पहिलो सोलो गीत ‘मतिना’ ईमर्ज ब्यान्डकै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक भएको २४ घण्टा हुन नपाउँदै १० हजार बढि भ्यूज पुगिसकेको छ ।
रचना, म्यूजिक कम्पोज र गाउने मात्र होइन, यो गीतको म्यूजिक अरेंज, रेकर्डिङदेखि गीत सम्वन्धि सबै काम उजं आफैले गरेका छन् ।
आफ्नो नयाँ गीतलाई उजंले एउटा प्रयोगको रुपमा लिएका छन् ।
‘इडियम genre मा नेपालभाषाका गीतहरु सुनेको छैन । यो गीत मेलो पपमा बनाउँदै थिएँ, अनि अलि इडियम टच पनि दिएँ र गीतको अन्तिमतिर लोफाइ पनि अलि मिक्स गरेको छु’ उजंले बताए ।
यो गीत मैंचा जतिको हिट बन्ला त भन्ने प्रश्नमा उजंले भने, ‘गीत त्यत्तिकै वा त्यो भन्दा बढि लोकप्रिय होस् भन्ने चाहना छ, अरु कुरा दर्शक श्रोताकै हातमा हो ।’
Categorized in पेजथ्री