arin enterprises

महिला फुटबललाई युनिलिभरको साथ

SamacharDesk | २०८० श्रावण २, मंगलबार

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपालले एक वर्षको लागि प्रायोजन गरेको छ ।

युनिलिभरले नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको जानकारी गराएको छ । आज अखिल नेपाल फुटबल संघ र युनिलिभर कम्पनीबीच प्रायोजनको सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका अध्यक्ष आमलाल मुखर्जीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार युनिलिभरले नेपाली महिला टिमलाई वर्षमा २५ लाख रुपैयाँ दिनेछ । यस सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा जोड दिने जनाएको छ ।

यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्नेछ ।

साथै उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पु¥याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पु¥याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपाली फुटबलले चुनौती खेपीरहेको तर सरकारले सेवा सुविधा तथा देल पूर्वाधारका लागि व्यवस्थापनमा सरकार गम्भीर भएको बताउनुभयो ।

मन्त्री लिम्बुले नेपाली खेलाडीले सीमित स्रोत साधनको बाबजुद पनि राम्रो प्रदर्शन गरेको बताउनुभयो । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यस सम्झौताले फुटबल खेल्न चाहने महिला खेलाडीलाई हौसला दिने बताउनुभएको छ ।

त्यस्तै, युनिलिभर नेपालका अध्यक्ष आमलाल मुखर्जीले आगामी विश्कपका लागि यो सम्झौताले सहयोग पु¥याउने जानकारी दिनुभएको छ ।

Categorized in बिजनेस