arin enterprises

अब ह्वाट्सएपमा युजरनेम राख्न मिल्न

SamacharDesk | २०८० जेठ १२, शुक्रबार

अब ह्वाट्सएपमा युजरनेम राख्न मिल्ने फिचर आउने भएको छ । इन्स्टाग्राममा जस्तै ह्वाट्सएपमा पनि आफ्नो युजरनेम प्रयोग गर्न सकिने फिचर आउन लागेको हो ।

प्रयोगकर्ताको युजरनेमको लागि कम्पनीले नयाँ अप्सन थप गर्न लागेको हो । नयाँ फिचर लागू प्रयोगकर्ताको प्रोफाइलमा ‘चुज माइ युजरनेम’ भन्ने अप्सन थपिनेछ । उक्त अप्सनमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो युजरनेम क्रियट गर्न सक्नेछन् ।

नयाँ मानिसहरूसँग जोडिनको लागि फोन नम्बर वा क्यूआर कोडबाट मात्र नभई सोही युजरनेम पनि प्रयोग गरि जोड्न सकिनेछ ।

पछिल्लो समय ह्वाट्सएपमा एकपछि अर्को गर्दै नयाँ–नयाँ फिचरहरू थपिने क्रम जारी रहेको छ ।

केही दिन अगाडि मात्र मेसेज एडिट गर्न मिल्ने फिचर सार्वजनिक गरेको कम्पनीले पुनः अर्को नयाँ फिचर चाडैँ नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यद्यपि यसले कसरी काम गर्नेछ र युजरनेमको के के फाइदा हुनेछन् भन्ने विषयमा भने केही जानकारीहरू बाहिर आउन बाँकी नै छ ।

बाहिरिएको जानकारी अनुसार ह्वाट्सएपले प्रोफाइल अपडेटमा काम गरिरहेको छ । यो फिचर हाल परीक्षणको क्रममा नै छ ।

ह्वाट्सएपको नयाँ अपडेटसँगै यो फिचर पनि उपलब्ध हुने बताइएको छ । तर यो सबैको लागि उपलब्ध नहुन सक्छ अथवा यसको बेटा भर्सन मात्र उपलब्ध हुनेछ ।

Categorized in विज्ञान-प्रविधी