arin enterprises

आफुमाथि निराधार आरोप लगाइएको वैद्यको भनाई

SamacharDesk – बिराज | २०७८ बैशाख २५, शनिबार

उद्योगी सुरज वैद्यले आफुमाथि लागेका आरोपहरु निराधार र भ्रामक भएको बताएका छन् ।

खोपमा कमिशन खान खोजेको आरोप लागेको उद्योगी वैद्यले ट्वीट गर्दै यस्तो दावी गरेका हुन् ।

‘महामारीको यो त्रासदीपूर्ण समयमा हरेक जनताको जिऊ धनको रक्षा गर्न तर्फ लाग्नुको साटो म माथि लगाइएको आरोपहरु निराधार र भ्रामक छन्’ ट्वीटरमा वैद्यले लेखेको छन् ।

राष्ट्र र जनतामाथि आफ्नो जिम्मेवारीप्रति आफु सदैव सचेत र सजक रहेको उनको भनाई छ ।

सत्यतथ्य यथाशिघ्र छानविन गर्न माग गर्दै स्रप्रमाण उपस्थित हुने वैद्यले बताएका छन् । 

Categorized in बिजनेस