arin enterprises

उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सुरू

SamacharDesk – बिराज | २०८१ कार्तिक २४, शनिबार

काठमाडौंमा उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सुरू भएको छ ।

नेपाल एकायन कराँते सङ्घले यहि काठमाडौंमा प्रथम उपमेयर कप अन्तरपालिका एकायन कराँते प्रतियोगीताकाे आयोजना गरेकाे हो ।

संघले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा आजबाट दुइ दिने प्रतियोगिता सुरू गरेकाे हो ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा हुन लागेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ गरी कूल १४ तौल समूहमा प्रतियोगीता हुन लागेको छ ।

प्रतियोगितामा काठमाडौँ महानगरपालिका भित्र सञ्चालित नेपाल एकायन कराँते संघका विभिन्न शाखाको साथमा विद्यालय प्रशिक्षण केन्द्रहरूका खेलाडीले सहभागिता रहने संघले जनाएको छ ।

नेपाल एकायन कराँते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलका अनुसार प्रतियोगितामा दुइ सय खेलाडीको सहभागिता रहनेछ । संस्थापक अध्यक्ष डंगोलका अनुसार महिलातर्फ ६ विधामा खेल हुनेछ भने पुरुष तर्फ ८ वटा विधामा खेल हुने डंगोलले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई नगदको साथमा सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । भाेलि पुरस्कार वितरणसहित प्रतियाेगीताकाे समापन कार्यक्रम गर्न लागेकाे छ ।

सो अवसरमा अध्यक्ष डङ्गोलले आगामी पुसमा एसियाली एकायन कराँते च्याम्पियनसिपको समेत आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘विगतमा विभिन्न राष्ट्रिय लगायत इन्डो–नेपाल र दक्षिण एसियाली एकायन प्रतियोगिता सम्पन्न गरिसकेका छौं । आउँदो पुसमा एसियाली एकायन कराँते च्याम्पियनसिपको समेत आयोजना गर्ने तयारी थालिसकेका छौं’ संस्थापक अध्यक्ष डंगोलले भने ।

नेपाल एकायन कराँते सङ्घ २०७२ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हो ।

 

नाेटः प्राविधिक त्रुटीबश समाचारमा केही गलती हुन गएकाेमा सच्याइएकाे छ । – सं.

Categorized in स्पाेर्ट्स