arin enterprises

म्यानचेस्टर युनाईटेडलाई हराउँदै भिल्लारियल च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १३, बिहिबार

स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिगको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो ।

पोल्याण्डको पोल्साट एरिनामा भएको खेलको २९ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भयो ।

पेनाल्टी सुटआउटमा दुवै टिमका गोलकिपरबाहेक सबै खेलाडीले गोल गरेका थिए । भिल्लारियलका सबै खेलाडीले गोल गर्दा गोलकिपर खेरोनिमो रुलीले पनि गोल गरे ।

यस्तै म्यानचेस्टर युनाइटेडका पनि सबै खेलाडीले गोल गर्दा  गोलकिपर डेभिड डे गेया भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल भए । उनले प्रहार गरेको पेनाल्टीलाई भिल्लारियलका गोलकिपरले विफल पारेका थिए ।

यो जितसँगै भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जित्न सफल भएको हो भने उसको इतिहासमा यो नै सर्वाधिक ठुलो उपाधि हो ।

यस अघि युनाईटेडले २०१७ मा उपाधि जितेको थियो । त्यसयता युनाईटेडले कुनैपनि उपाधि जित्न सकेको छैन ।

Categorized in स्पाेर्ट्स