भिल्लारियलसँग बायर्न स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २४, बिहिबार

युइएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले हार बेहोरेको छ ।
बायर्नले स्पेनिस क्लब भिल्लारियलसँग १–० ले हार बेहोरेको हो ।
घरेलु मैदान भिल्लारियललाई जिताउन एर्नाउट डानजुमाले निर्णायक गोल गरे। उनले खेलको आठौं मिनेटमा ड्यानियल पारेजोको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।
घरेलु टोली भिल्लाले यहि सुरूआती अग्रतालाई जोगाउँदै पाहुना टोली बायर्नमाथि जित निकाल्न सफल भयो ।
त्यसअघि भिल्लाका कोक्विलिनले ४० औं मिनेटमा गरेको गोल भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन ।
यता, बायर्नले पनि पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यो जितसँगै भिल्लारियलले सेमिफाइनल पुग्ने सम्भावना बनाएको छ ।अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके भिल्लारियल सेमिफाइनलमा प्रवेश गर्नेछ ।
यस्तै बायर्नलाई सेमिफाइनलमा प्रवेश गर्न दोस्रो लेगमा कम्तीमा २–० को जित आवश्यक हुन्छ ।
दोस्रो लेग मार्च १२ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुनेछ।
Categorized in स्पाेर्ट्स