बायर्न भिल्लारियलसँग स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ३०, बुधबार

च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख भिल्लारियलसँग पराजित भएको छ ।
गएराति भएको खेलमा जमर्नी क्लब बायर्नलाई स्पेनिस क्लब भिल्लारियलले १–१ गोलको बराबरीमा रोक्दै समग्रमा २–१ को नतिजासहित सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो ।
घरेलु टोलि बायर्नले खेलको ५१ औं मिनेटमा रोबेर्ट लेवान्डोवेस्कीको गोलवाट अग्रता लियो । तर खेल सकिन २ मिनेट बाँकी रहँदा चुक्वेजेले भिल्लारियलका लागि गोल गर्दै अन्तिम चारको यात्रा निश्चित गरेका थिए ।
भिल्ला रियल १६ वर्षको अन्तरमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको हो ।
अन्तिम चारको खेलमा भिल्ला रियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स