राष्ट्रपति निर्वाचनको मतदान सकियो, मतगणना सुरु
SamacharDesk | २०७९ फाल्गुण २५, बिहिबार

मुलुकको लागि तेस्रो राष्ट्रपति चयनका लागि आज भएको मतदानको मतगणना सुरु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । हालसम्म संघीय संसदबाट ३१३ जनाले मतदान गर्नुभएको छ भने प्रदेश सभातर्फबाट ५१८ जना सांसदले मतदान गर्नुभएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् ।
संघतर्फ कुल ३३४ मत रहेकोमा १५ जना तटस्थ रहे । २ जना सांसद बिरामी रहेका छन् भने एकजना निलम्बित रहेका छन् । अर्का एक जना सांसद फरार रहेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ निर्वाचित रवि लामिछानेको एउटा पद रिक्त छ ।
निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ । सबै सांसदहरुको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ । त्यसमध्ये बहुमत अर्थात २६ हजार ३९४ मत ल्याउने उम्मेदवार निर्वाचित हुने छन् ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन् । निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ । सबै सांसदहरुको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ ।
त्यसमध्ये बहुमत अर्थात २६ हजार ३९४ मत ल्याउने उम्मेदवार निर्वाचित हुने छन् । मतदान सकिएसँगै ४ बजेदेखि मतगणनाको तयारी भइरहेको छ । मतगणनाको लागि निर्वाचन आयोगले ७ वटा निर्णय गरेको छ ।
आयोगले कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुने जनाएको छ ।
संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक–फरक स्थानमा गणना हुनेछ । गणनामा राष्ट्रपतिका उम्मेदवारका एक÷एक जना गणना प्रतिनिधि रहनेछन् ।
कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ ।
मतपरिणाम केही घन्टामै सार्वजनिक हुने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने आयोगले जनाएको छ । आयोगले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय समेत गरेको छ ।
Categorized in राजनीति