arin enterprises

बाख्मत कब्जामा २०हजार लडाकु मारिएको वागनरको दावी

SamacharDesk | २०८० जेठ ११, बिहिबार

रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ ।

बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बताएका हुन् ।

बाख्मतमा रुसले ब्यहोरेको यो क्षति सन् ८० दशकमा अफगानिस्तान युद्धमा सोभियत संघले गुमाएको सैनिक संख्या भन्दा ठूलो हो ।

वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले क्षति बढी भएको हुनसक्ने विश्लेषण गरिएको छ । तर, मस्कोले भने बाख्मतमा ६ हजार सैनिक मात्रै मारिएको दावी गरेको छ ।

युक्रेनले पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको प्रति आक्रमण रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत लखेट्ने उद्धेश्य रहेको हुनसक्ने पनि प्रिगोजिनले बताएका छन् ।

रुस त्यसको प्रतिकार गर्न पूर्ण तयारीमा रहनुपर्ने उनको सुझाव छ ।

Categorized in अन्तर्राष्ट्रिय
SKIP THIS maharjan complex bumper adv