वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २९, शनिबार

वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकेको छ ।
अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्सले र स्विजरल्याण्डलाई १–१ गोलको बराबरी रोकेको हो ।
बकु ओलम्पिक स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लियो । स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।
खेलको ७४ औं मिनेटमा वेल्सका किफेर मोरेले बराबरी गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।
यस्तै खेलको ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनी अफसाइट रहदा उनको गोलले मान्यता पाएन ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् ।
समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।
शीर्ष स्थानको इटालीले ३ अंक जोड्दा टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।
Categorized in स्पाेर्ट्स