सेभिल्लालाइ हराउँदै वेस्ट ह्याम क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ४, शुक्रबार

वेस्ट ह्याम युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा सेभिल्लालाई समग्रमा वेस्टह्याम २–१ ले पछि पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा १–० ले पराजित वेष्ट ह्याम युनाइटेडले दोस्रो लेगमा २–० गोलले विजयी भएको हो ।
घरेलु मैदानमा खेलको ३९औं मिनेटमा टोमस सोउचेकले गोलमा वेस्ट ह्याम सेभिल्लामाथि १–० ले अघि रहँदै समग्रमा खेल बराबरीमा ल्याए ।
खेलको निर्धारित ९० मिनेट बराबरीमा टुंगिए पछि खेल अतरिक्त समयमा धकेलिएको थियो ।
११२ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले वेस्ट ह्यामका लागि निर्णायक गोल गर्दै टिमलाई विजय दिलाए ।
योसँगै वेस्ट ह्यामले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
Categorized in स्पाेर्ट्स