arin enterprises

कसले जित्छ ला लिगाको उपाधि ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ८, शनिबार

 स्पेनिस ला लिगाको आज राति अन्तिम चरणको सात खेलहरु हुँदैछ ।

साथै यस सिजन ला लिगा उपाधिको छिनोफानो समेत आजकै खेलबाट तय हुनेछ ।

ला लिगाको उपाधि होडमा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् ।

आज शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले आज राति रियल भालाडोलिदसँग उसैको मैदानमा खेल्दैछ । भालाडोलिदलाई हराउन सकेमा एट्लेटिको च्याम्पियन बन्नेछ ।

यस्तै रेलिगेसनबाट जोगिन भालाडोलिटलाई जित्नै पर्ने दबाब रहेको छ । एट्लेटिको म्याड्रिड ३७ खेलमा ८३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने भालाडोलिद ३१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

एट्लेटिकोले सन् २०१४ पछि उपाधि जित्न सकेको छैन ।

यस्तै दोस्रो स्थानको रियलले आफ्नो घरेलु मैदानमा भिल्ला रियलसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता रियलको उपाधि यात्रा एट्लेटिकोको खेलमा निर्भर हुनेछ ।

आज एट्लेटिको पराजित भएमा वा बराबरीमा रोकिएमा रियलले जित निकाल्न सके रियल च्याम्पियन बन्नेछ ।

यस्तै रियल बराबरीमा रोकिएको अवस्थामा एट्लेटिकोले हार व्यहोरेपनि एट्लेटिको नै च्याम्पियन बन्नेछ ।

रियल ८१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

 

 

Categorized in स्पाेर्ट्स