arin enterprises

आरएआर फाइल सपोर्ट गर्ने फिचर ल्याउँदै विन्डोज ११

SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ १२, शुक्रबार

विन्डोज ११ ले आरएआर (RAR) फाइल सपोर्ट गर्ने फिचर ल्याउने भएको छ । मंगलबार माइक्रोसफ्टले एक विज्ञप्ति निकाल्दै विन्डोज ११ को नयाँ अपडेटमा आरएआर सपोर्ट हुने जानकारी दिएको हो ।

विभिन्न फाइललाई कम्प्रेस्ड गर्न वा कम्प्रेस्ड भएका फाइललाई एक्स्ट्र्याक्ट गर्न विनआरएआर (WinRAR) वा जेट–जिप सफ्टवेयर प्रयोग गर्नुपर्ने हुन्छ ।

उक्त विनआरएआर सफ्टवेयर प्रयोग गर्नका लागि भने शुल्क तिरि लाइसेन्स खरिद गर्नुपर्ने बाध्यता छ । त्यस्तै अर्काेतर्फ पाइरेटेड विन्डोज चलाउने प्रयोगकर्ताहरूका लागि सफ्टवेयर खरिद गर्न अलर्ट नोटिफिकेसन आइरहेको हुन्छ ।

यसलाई हटाउँदै माइक्रोसफ्टले अपरेटिङ सिस्टममै आरएआर फाइल सपोर्टको सुविधा दिन लागेको हो ।

उक्त फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले जिप, टार, जीजेट, आरएआरलाई विनआरएआर बिना नै प्रयोग कम्प्रेस्ड फाइल सोझै डाउनलोड गरेर प्रयोग गर्न सक्नेछ ।

विनआरएआर सन् १९९५ मा पहिलो पटक सार्वजनिक भएको थियो ।

Categorized in विज्ञान-प्रविधी