फेसबुकमा साथी बनाइ बलात्कार
SamacharDesk – बिकाश | २०७७ श्रावण ३२, आइतबार

फेसबुकमा मित्रता गाँसी महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार एकजनालाई पक्राउ गरेको छ ।
गत साउन २९ गते फेसबुकमा मित्रता गाँसेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कीर्तिपुरका १९ वर्षीय सबिन मानन्धर लाई पक्राउ गरेको हो ।
मानन्धरले महिलालाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बोलाएका थिए ।
होटल पुगेपछि मानन्धरले महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेका थिए ।
बलात्कृत महिलाले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरीले आरोपित मानन्धरलाई आइतबार कीर्तिपुरबाट पक्राउ गरेको हो ।
Categorized in अपराध