महिला विश्वकपको सेमिफाइनल समिकरण पुरा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २७, शनिबार

महिला विश्वकपको सेमिफाइनलको समिकरण पुरा भएको छ । शनिबार कोलम्बीयालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेसँगै महिला विश्वकपको सेमिफाइनलको समिकरण पुरा भएको हो ।
स्टेडियम अष्ट्रेलियामा भएको अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्याण्डले कोलम्बीयालाई २–१ले हराएको थियो ।
खेलको ४४ औ मिनेटमा लेसी सान्तोषले गोल गर्दै कोलम्बियालाई अघि बढाएकी थिईन् ।
पहिलो हाफको इन्जुरी समयमा लारेन हेम्पले गोल गर्दै खेल बराबरीमा ल्याईन् । खेलको ६३ औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इङ्ल्याण्डलाई अन्तिम चारको यात्रा तय गराईन् ।
योसँगै इंग्ल्याण्डले लगातार तेस्रो पटक सेमिफाइनलको यात्रा तय गरेको हो । उसले सन् २०१९ मा अमेरिका र सन् २०१५ मा जापानलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक टोली अष्ट्रेलियासँग खेल्ने छ ।
महिला विश्वकपको सेमिफाइनल खेल १५ र १६ अगस्टमा हुने छ ।
महिला विश्वकपको सेमिफाइनल खेल:-
अगस्ट १५ -स्पेन विरुद्ध स्वीडेन
अगस्ट १६ -अष्ट्रेलिया विरुद्ध इंग्ल्याण्ड
Categorized in स्पाेर्ट्स