arin enterprises

आज विश्व क्यान्सर दिवस

SamacharDesk – समाचारडेस्क | २०७९ माघ २१, शनिबार

‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने मूल नाराका साथ शनिबार विश्व क्यान्सर दिवस मनाइँदैछ ।

विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।

हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईन्छ ।

हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुकोलागि एउटा दूर्भाग्य सावित भएको छ, खर्च, पीडा र यससंगको लडाइको संघर्षले ।

जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसंग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो ।

आजको दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि विश्वस्तरमै छलफल गरिन्छ । आज क्यान्सरका विरामीहरु विश्वभर नै दिनानुदिन बढ्दै गइरहेको छ ।

क्यान्सरका रोगीहरु नेपाललगायत गरिब मुलुकहरुमा दिनदिनै दोब्बरको आँकडामा वृद्धि भइरहेको छ । नेपालमा बर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

खानपानमा ध्यान पुर्याछए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा बर्सेनी १५ हजारभन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ ।

सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ। झन्डै ९० प्रतिशतलाई धुम्रपानका कारण क्यान्सर हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शंका गर्न सकिन्छ ।

नसर्ने रोग भए पनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ । तर, समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ । क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने चिकित्सकको भनाइ छ ।

क्यान्सर भएमा शरीरमा कोशिकाको समूह अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट गिर्खा या ट्युमर बन्ने गर्छन । फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर धैरै हुने गर्छ ।

धुम्रपानपछि वंशाणुगत कारणले पनि फोक्सोको क्यान्सर हुने गर्दछ । विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

Categorized in राष्ट्रिय
SKIP THIS maharjan complex bumper adv