आज विश्व वातावरण दिवस
SamacharDesk | २०७९ जेठ २२, आइतबार

‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ नारा सहित आज विश्व वातावरण दिवस नेपालमा विभिन्न कार्यक्रम मनाईदैंछ ।
कोरोना महामारीका कारण गएका दुई वर्ष सार्वजनिक कार्यक्रम हुन नसकेकोमा यस वर्ष सरकारी तथा नागरिक स्तरमा जनचेतनामूलक विभिन्न कार्यक्रम गरिंदैछ ।
संयुक्त राष्ट्रसंघले ५० वर्ष अघि हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरे अनुरुप विश्व वातावरण दिवस मनाउन लागिएको हो । पछिल्ला केही दशक यता जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्ने क्रम तीब्र हुदै गएकाले यो दिवसको महत्व झै बढेको छ ।
विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुले गर्ने भारी मात्राको कार्वन उत्सर्जनका कारण नेपाल जस्ता अल्पविकसित तथा हिमाली देशहरु पनि वातावरण क्षयीकरणको शिकार हुनुपर्ने अवस्था छ ।
यसैबीच विश्व वातावरण दिवसको अवसरमा शनिबार काठमाडांैको बसन्तपुरबाट साईकल ¥याली निकालिएको छ । ¥यालीको उद्घाटन गर्दै काठमाडौ महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले प्रकृति रहे मानव जीवन रहने भन्दै प्रकृतिको संरक्षणमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।
साईकल ¥यालीमा वातावरणसँग सरोकार राख्ने बिभिन्न संघसंस्थाको सहभागिता थियो । जलवायु परिर्वतनको असर अहिले बिश्व समुदायले भोग्नु परेको भन्दै उहाँले वातावरण र प्रकृतिको संरक्षणमा जुट्दै यसको असर न्यूनिकरणमा लाग्नु पर्ने बताउनुभयो ।
मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माले जलवायू परिर्वतनको असर नेपालमा पनि देखा पर्न थालेको र यसले मानवजीवनमा प्रत्यक्ष असर पारेको भन्दै युवा जगतलाई सचेत हुन आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय