आज विश्व शरणार्थी दिवस
SamacharDesk | २०७९ आषाढ ६, सोमबार

आज विश्व शरणार्थी दिवस ।
शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।
राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता बिषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ ।
विश्व शरणार्थी दिवस मनाईरहँदा अहिलेको समयमा विभिन्न युद्धका कारण आप्mनो देश, थातथलो छोडी विदेशमा शरणार्थी हुनुपरेको यथार्थ कायमै छ ।
अझ युक्रेन र रुसबीचको युद्धका कारण लाखौं युक्रेनी जनताहरु नजिकका देशहरुमा शरणार्थी भई बाँच्नुपरिरहेको छ ।
अझ उत्तर एटलान्टिक सहयोग संगठन नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रुस र युक्रेनबिच जारी युद्ध तत्काल अन्त्य नभएर वर्षौसम्म लम्बिनसक्ने चेतावनीे दिएको छ । यसबाट पनि अझ युक्रेनी जनताहरु कति शरणार्थी बन्ने हो आँकलन गर्न सक्ने अवस्था छैन ।
नेपालले पनि पालैपालो गरेर गएका केही दशकमा कहिले तिव्वती त कहिले भुटानी शरणार्थीलाई आफ्नो स्न्ेश र बास साटासाट गरेको छ, देश सानो भएपनि नेपालले शरणार्थीप्रति देखाएको त्यो सदाशयताबाट विश्वले सिक्न पर्ने कुराहरु भने धेरै छ ।
अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । नेपालमा भुटानबाट आएका शरणार्थीको संख्या ४८ हजार माथि थियो ।
उनीहरु मध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पूर्नवास गराइएको छ ।
६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन ।
शायद आजको यस दिवसमा सरोकारवालाहरुको यस तर्फ पनि ध्यान जानेछ भन्ने कामना गरौं ।
Categorized in राष्ट्रिय