arin enterprises

आज विश्व क्षयरोग दिवस

SamacharDesk – Ram Dangol | २०७८ चैत्र १०, बिहिबार

आज मार्च २४, विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ ।

नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकले देखाउँछ ।

यो रोगका कारण एक वर्षमा १६ हजार जनाले ज्यान गुमाउँदै आएका छन् । तर सामाजिक लाञ्छना भेदभावको भयका कारण ठूलो संख्यामा क्षयरोगी उपचारमा नआउने चिकित्सक बताउछन् ।

केन्द्रका अनुसार २८ हजार ६ सय ७७ जना बिरामी मात्र केन्द्रको सम्पर्कमा छन् । केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले लुकेर रहेका रोगीलाई उपचारको पहँचकमा ल्याउन चुनौती बन्दै गएको छ ।

सरकारले पनि यो रोग नियन्त्रणमा विनियोजन गरेको रकम समेत सदुपयोग गर्न नसक्दा रोगीको सख्यामा वृद्धि हुँदै गएको जानकारहरु बताउँदै आएका छन् ।

चालु आर्थिक वर्षमा ८० करोड रकम छुट्याएको सरकारले अहिलेसम्म २० प्रतिशत पनि खर्च गर्न सकेको छैन ।

Categorized in राष्ट्रिय