arin enterprises

डब्लु डब्लु इ सुपरस्टार ब्रे वायटको निधन

SamacharDesk | २०८० भाद्र ८, शुक्रबार

रेसलिङ जगतमा ब्रे वायट नामले चर्चित डब्लु डब्लु इ सुपरस्टार विन्डहम रोटुन्डाको निधन भएको छ ।

डब्लुडब्लुइ विश्व च्याम्पियन समेत रहिसकेका व्याटको २४ अगस्ट बुधबार ३६ वर्षको उमेरमा निधन भएको हो । डब्लु डब्लु इ कन्टेन्ट अफिसर ट्रिपल एचले वायटको मृत्यु भएको पुष्टि गरेका हुन् । ट्रिपल एचले ट्वीटरमा ट्वीट गर्दै यस विषयमा जानकारी दिएका थिए ।

“डब्लु डब्लु इ हल अफ फेमर माइक रोटुन्डाबाट भर्खरै एउटा कल प्राप्त भयो । उनले डब्लुडब्लुइ परिवारको आजीवन सदस्य विन्डहम रोटुन्डा – जसलाई ब्रे वायट पनि भनिन्छ, आज अप्रत्याशित रूपमा बित्नुभएको जानकारी गराए ।”

वायटकोे हृदयघाटको कारण अप्रत्याशित रूपमा निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

सन् २०१० मा डब्लुडब्लुइमा डेव्यु गरेका ब्रे वायटको फिन्ड क्यारेक्टरले निकै चर्चा पाएको थियो । उनी एक अज्ञात स्वास्थ्य समस्याको सामना गर्दै विगत केही महिनादेखि रेसलिङमा निष्क्रिय थिए ।

उनलाई डब्लुडब्लुइले एक बर्षको लागि निकाल्दा सबैलाई आश्चर्यचकित तुलाएको थियो ।

ब्रे वायट गत सेप्टेम्बरमा फेरी धूमधामका साथ डब्लुडब्लुइमा फर्किँदा उनका फ्यानहरु निकै उत्साहित भएका थिए । त्यो बेला उनीसँग विगनेट्स् पनि सामेल थिए ।

वायटको रिटर्नले डब्लु डब्लु ई को टिआरपिलाई बढावा दिन ठुलै मद्दत गरेको थियो । उनको अकस्मात मृत्यु पछि भने फिन्ड क्यारेक्टरको प्रतीक्षामा रहेका उनका फ्यानहरुलाई निराश बनाएको ।

वायट रेसलरहरूकै परिवारबाट आएका थिए । उनका हजुरबुबा ब्ल्याकज्याक मुलिगनले पनि एक पेशेवर रेसरलको रूपमा आफ्नो पहिचान बनाएका थिए । 

उनका बुबा माइक रोटुन्डा हल अफ फेमर थिए भने कान्छो भाइ बो डलास पनि रेसलर नै हुन् ।

Categorized in स्पाेर्ट्स