arin enterprises

हास्यप्रधान गीत ‘छगः निगः स्वंगः’को म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०७९ फाल्गुण २२, सोमबार

नेपालभाषाको हास्यव्यङ्ग क्षेत्रका चर्चित कलाकार साथै मुक्तककार सुरेन्द्र मानन्धरको निर्देशनमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

केही दिन अघि मात्रै वा ग्वारामैं वा म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका निर्देशक मानन्धरको अहिले ‘छगः निगः स्वंगः’ गीतको म्यूजिक भिडियो हाइलाइट्स नेवार युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

निर्देशक मानन्धरले भिडियोमा अभिनयसमेत गरेका छन् । मानन्धरको साथमा गायक सुरेनमान शाक्य, गायिका सुमन मानन्धर, ध्रुव कपाली र रबिता बकेको अभिनय रहेको छ ।

छायाङ्कन सोहन मानन्धरले गरेका छन् भने दृश्य सम्पादन इन्द्र मानन्धरले गरेका छन् ।

शब्द रचना समेत गरेका निर्देशक मानन्धरले अन्जन श्रेष्ठसँग मिलेर गीतमा संगीत समेत दिएका छन् ।

यस गीतका गायक शाक्य हाल अष्ट्रेलियामा बसोबास गरिरहेका छन् । आफु हरेक पटक नेपाल आउँदा केही गीतहरु रेकर्ड गर्ने गरेको र यस पटक यो गीतको रेकर्डिङ गरी भिडियो समेत बनाएको शाक्यले बताए ।

गीत निकै रमाइलो बनेको र दर्शक, श्रोताले मनपराइदिनेमा आफु विश्वस्त रहेको शाक्यले बताए । 

Categorized in पेजथ्री