arin enterprises

यामाहा ट्याक्स रिल्याक्स खरिदमा सडक कर निस्शुल्क

SamacharDesk | २०८० आषाढ ५, मंगलबार

दुईपाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ ।

यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, "यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौँ ।

यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन् । यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।"

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराएको छ । शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ ।

यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।

Categorized in बिजनेस