बार्सिलोनासँग यामलको पहिलो ब्यवसायीक सम्झौता
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १६, मंगलबार

लामिनी यामलले बार्सिलोनासँग पहिलो ब्यवसायीक सम्झौता गरेका छन् । १६ वर्षका खेलाडी यामलले क्लबमा सन् २०२६ सम्म रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतामा १ बिलियनको रिलिज क्लज राखिएको छ । सोमबार अभ्यास मैदानमा भएको कार्यक्रममा बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र स्पोर्टिङ निर्देक डिको समेत सहभागी थिए ।
यो वर्ष यामलका लागि उपलब्धिमुलकनै रह्यो । उनले अप्रिलमा १५ वर्षको उमेरमा पहिलो टिमबाट डेब्युको अवसर पाए ।
ला लिगामा डेब्यु गर्ने उनी सबैभन्दा कम उमेरकोको कीर्तिमाने राखे । यस्तै यस महिनामा उनले स्पेनबाट जर्जियाविरुद्ध डेब्यु गर्दै स्पेनका लागि खेल्ने सबैभन्दा कम उमेरको खेलाडी समेत बनेका थिए ।
१८ वर्ष नपुगेसम्म तीन वर्षभन्दा लामो सम्झौता गर्न पाउँने हुँदा उनले बार्सिलोनासँग लामो सम्झौता गर्न पाएनन् ।
आगामी हप्ता यदि यामलले गोल गरे ला लिगा यामल कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान आगामी हप्ता बनाउन सक्नेछन् ।
कम उमेरमा गोल गर्ने रेकर्ड बार्सिलोनाका अंशु फातीको नाममा छ । जसले च्याम्पियन्स लिगमा सन् २०१९ मा इन्टर मिलानविरुद्ध गरेका थिए ।
त्यो समय फातीको उमेर मात्र १७ वर्ष ४० दिनको रहेको थियो ।
सन् २०१३ मा स्थानीय क्याटलान क्लबबाट यामल बार्सिलोना आएका हुन् । त्यसपछि बार्सिलोनाको एकेडेमीबाट उनी अघि बढिरहेका छन् ।
Categorized in स्पाेर्ट्स