एक्स (ट्वीटर)मा अब कसैलाई ब्लक गर्न नमिल्ने
SamacharDesk | २०८० भाद्र ३, आइतबार

एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्स (ट्वीटर) मा ‘ब्लकिङ’ फिचर हट्ने भएको छ ।
मानिसहरूलाई ब्लक गर्नुको कुनै अर्थ नभएको भन्दै मस्कले एक्सवाट यो फिचर हटाउन लागेको बताएका हुन् ।
एक्समा ‘टेस्ला ओनर्स सिलिकन भ्याली’ को एक प्रश्नमा जवाफ दिँदै मस्कले चाँडै नै ब्लकिङ फिचर हटाउन लागेको उल्लेख गरे ।
यो निर्णय लागू भएमा प्रयोगकर्ताले आफूलाई मन नपरेका पोस्ट वा अन्तक्र्रिया आफ्नो फिडमा हेर्नुपर्नेछ । एक्समा अनावश्यक व्यक्तिहरूलाई डाइरेक्ट मेसेज गर्नबाट रोक्न सकिए पनि सिधै ब्लक गर्न भने सकिँदैन ।
यो फिचर हटाउँदा मानिसहरूको टाइमलाइनबाट अपमानजनक पोस्टहरू देखापर्ने र थप दुर्व्यवहारको सम्भावना रहने धारणा राखेका छन् ।
केहि विज्ञहरूले उनको यो कदमले एप्पलको एपस्टोर र गुगल प्ले स्टोरहरुको नियम उल्लंघन गर्ने बताएका छन् । तर केही प्रयोगकर्ताहरुले भने यो निर्णयको प्रशंसा गर्दै एक्सलाई छलफलका लागि अझ खुला र स्वतन्त्र प्लेटफर्म बनाउनुपर्ने सुझाव दिएका छन् ।
यस्तै मस्कका अनुसार एक्स प्रयोगकर्ताहरुले अनावश्यक व्यक्तिहरूको गतिविधि नहेर्न अकाउन्ट म्युट गर्न सक्नेछन् । तर म्युट गरिएका अकाउन्टहरूले पूर्ण रूपमा सुरक्षा प्रदान नगर्ने भन्दै एक्स प्रयोगकर्ताहरुले मस्कको आलोचना गरेका छन् ।
यो परिवर्तन कहिलेदेखि लागू गर्ने भनेर एक्सले कुनै स्पष्ट जानकारी दिएका छैनन् ।
Categorized in विज्ञान-प्रविधीBREAKING: @x will be removing the Block feature except in DMs https://t.co/6TjOu5kOwD pic.twitter.com/K2KCTirI8r
— Tesla Owners Silicon Valley (@teslaownersSV) August 18, 2023
