arin enterprises

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा किशाेर पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ आश्विन १८, सोमबार

रुपन्देहीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक भारतीय किशाेर पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति पक्राउ गरेको हो ।

किशोरले शुद्धोधन गाउँपालिका–३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरेको बताइएको छ ।

सविक्षा स मिल नामको फ्याक्ट्रीमा झगडा हुँदा किशोरले अवदेशलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका अवदेशको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनामा अवदेशका बुबा ४० वर्षीय गोपी चन्द सामान्य घाइते भएका छन् भने उनको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले किशोरलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध