arin enterprises

युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दै

SamacharDesk – बिराज | २०७८ श्रावण ३०, शनिबार

चलचित्रकर्मी साथै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् ।

ट्वीटरमा ट्वीट गर्दै उनले आफु चलचित्रमा कमब्याक गर्न लागेको घोषणा गरेका हुन् ।

‘विभिन्न जिम्मेवारी र अभियानको कारण बिश्राम लिएको चलचित्र निर्माण निर्देशनमा दोश्रो इनिङ पुनः प्रबेश गर्ने प्रयास हुँदै’ चलचित्र निर्माता निर्देशक लामाले लेखेका छन् ।

नेपाली चलचित्र क्षेत्रलाई विभिन्न चर्चित चलचित्र दिएका लामाले राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिवको जिम्मेवारी सम्हालेपछि यस क्षेत्रमा विश्राम लिएका थिए ।

चलचित्र क्षेत्रमा दोश्रो इनिङ शुरु गर्ने घोषणा गरेका लामाले चलचित्रको कथा भेटिएको जनाउनुभएको छ । करीब हिजो मध्यरातीमा ट्वीट गर्दै उनले आजैबाट वान लाइनर लेख्नु शुरु गर्ने बताउनुभएको छ ।

वान लाइनर सकिने वित्तिकै पटकथा अनि सम्वाद लेख्न शुरु गर्ने विचारमा पुगिएको लामाको भनाई हो ।

लामाले २०६८ देखि २०७२ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई राखेपको एक शक्तिशाली सदस्य सचिवको रुपमा पनि लिइन्छ ।

२४ वर्ष अगाडी देश परदेश चलचित्रको निर्माण गरेका लामाले देउराली, खेलौना, देवदुत, धर्मपुत्र, माउते दाइ, खानदान, मुस्कान लगायतका चलचित्र पनि निर्देशन गरेका छन् । 

Categorized in पेजथ्री