arin enterprises

जिदानले छाेडे रियल म्याड्रिड

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १३, बिहिबार

जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको मुख्य प्रशिक्षक पद छाेडेका छन् ।

रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेको जनाएको छ । रियलले जिदानको निर्णयलाई सम्मान गरिने समेत जनाएको छ ।

प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई सन् २०१९ मा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए ।

जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग, २ ला लिगा जितेको, २ पटक युएईएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन् ।

यस सिजन छमेकी प्रतिद्वन्दी एट्लेटिको म्यड्रिडभन्दा पछि रहँदै रियल दोस्रो भएको थियो भने च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्म मात्र पुगेको थियो ।

यसअघि ला लिगामा खेलाडी स्थानान्तरणबारे सूचना सार्वजनिक गर्ने फाब्रिजिओ रोमानाले रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छोड्न लागेको जानाएको थियो ।

जिदानले छाडेपछि रियलको प्रशिक्षक को बन्छ भन्ने चर्चा हुन थालिसकेको छ । 

Categorized in स्पाेर्ट्स