अमिताभ पछि अभिषेकलाई पनि कोरोना संक्रमण
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २८, आइतबार

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना भाईरस (कोभिड १९) संक्रमण देखिएसँगै उनका सुपुत्र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
शनिबार साँझ अमिताभको कोरोना परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै उनको परिवारको र स्टाफहरुको परिक्षण गरिएकोमा उनका छोरा अभिषेकमा पनि कोरोना पोजिटिभ देखिएको हो ।
परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि अमिताभ र अभिषेक दुवै मुम्वइस्थित नानावती अस्पताल भर्ना भएका छन् ।
अभिषेकले ट्वीट गर्दै बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएको जानकारी गराए ।
उनले ट्वीटरमा लेखेका छन्, ‘म र मेरो बुबा दुवैलाई कोरोना संक्रमण पुष्टि भएको छ । हामी दुवैमा सामान्य लक्षण देखिएको छ र अस्पताल भर्ना भएका छौं ।’
अभिषेकले जोडेका छन्, ‘हामीले सम्वन्धित अधिकारी सबैलाई जानकारी गराइसक्यौं । मेरो परिवार र स्टाफ सबैको परिक्षण भएको छ । नआत्तिन र शान्त रहन सबैमा आग्रह छ ।’
July 11, 2020Categorized in पेजथ्री
