arin enterprises

आज देशैभरि कृष्णजन्माष्टमी मनाईयो (फोटो फिचर सहित)

SamacharDesk – कल्चर ब्युरो | २०७५ भाद्र १७, आइतबार

आज भाद्र कृष्ण सप्तमी, श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइएको छ । द्वापर यूगमा आजकै रात भगवान श्रीकृष्णको जन्म भएको विश्वासका साथ आज श्रीकृष्ण जन्मोत्सवको रुपमा कृष्ण जन्माष्टमी पर्व मनाउने गरीन्छ ।

आज देशैभरका कृष्ण मन्दिरहरुमा श्रद्धालुको ठुलैै घुइँचो लागेको थियो । विशेष गरे पाटन मंगलबजारस्थित कृष्ण मन्दिरमा श्रीकृष्णको दर्शन र पूजा गर्न ठुलै संख्या भक्तजनहरु पुग्ने गर्छन् ।

 

यसै सन्दर्भमा श्रीकृष्णको दर्शन तथा प्रसाद ग्रहण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि ललितपुर मंगलबजारस्थित कृष्ण मन्दिरमा पुग्नुभयो । राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए । 

दिउँसो करीब २ः३० बजेतिर मंगलबजार पुग्नुभएकि उनले करीब १५ मिनेट उतै बिताउनुभयो ।


आजको दिन श्रद्धालुहरुले व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गर्ने गर्छन् । श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि छ ।

भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ । वसुदेव र देवकीको आठौं सन्तानको रुपमा श्रीकृष्णको जन्म भएको आजको दिनलाई मोहरात्री पनि भनिन्छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुजिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।

Categorized in संस्कृति