arin enterprises

काठमाडौं महानगरपालिकाले शुरु गर्यो शरीर निसङ्क्रमण

SamacharDesk – विकाश | २०७७ बैशाख १३, शनिबार

काठमाडौं महानगरपालिका वडा नं १५, भुईखेलमा शरीर निसंक्रमण द्वारको शूरवात भएको छ । का.म.पा. १५ वडाले भुईखेल स्वयम्भुमा शरीर निसङ्क्रमण द्वार, सेनिटाइजर टनेलको स्थापना गरेको हो । 

विहिबार काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उक्त टनेलको शुभारम्भ गर्नुभयो ।

कामपा वडा नंं १५ हाल भुईखेलमा कामपा भित्रका असहाय, विपन्न र दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु खाना खुवाउने गर्दै आएको छ । यस्तो अवस्थामा संक्रमण फैलिन नदिन सेनिटाइजर टनेल राख्ने उपयुक्त स्थानको रुपमा छनौट गरि उक्त टनेल स्थापना गरेको हो ।

दैनिक खाना खान आउनेहरुको साथमा अत्यावश्यक कर्मचारीहरु, स्थानीय वासिन्दा स्वस्थ र र सुरक्षित रहोस् भनी कामपा १५ वडाले गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी क्लब न्यूरोडको प्राविधिक सहयोगमा यो सेनिटाइजर टनेलको स्थापना गरेको हो ।

यस सेनिटाइजर टनेलबाट कुनै पनि व्यक्ति प्रवेश गर्दा इफेक्टिभ माइक्रो अर्ज्ञानिजम (Effective Microorganism) अर्थात इ.एम. (E.M.) स्प्रे हुने गर्छ र शरीरमा रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जिवाणु रहित बनाउँछ । 

मान स्वास्थ्यमा अन्य किटाणु नासक रसायनले जस्तो इ.एम.को नकारात्मक असर नहुने विज्ञहरुको भनाई छ ।

इ.एम. रिसर्च अर्गनाइजेशन जापानका प्रोफेसर हिगाले किटाणु नासक रसायनको सट्टामा इ.एम. प्रयोग गर्दा राम्रो हुने कुरा बताएका छन् । 

यो झोल कोरियाको वुसान शहरमा पनि कोभिड–१९ विरुद्व निसङ्क्रमणको रुपमा प्रयोग भइसकेको छ ।

Categorized in स्थानीय