arin enterprises

खड्गीको महाधिवेशनमा विभिन्न सम्मान प्रदान

SamacharDesk – सोसियल ब्यूरो | २०७६ माघ १८, शनिबार

विभिन्न सम्मानहरु गर्दै खड्गी सेवा समितिको सातौं महाधिवेशनको उद्घाटन सत्र भव्यरुपमा सम्पन्न भएको छ ।

वसन्तपुरमा सम्पन्न कार्यक्रममा खड्गी समुदायका गुथिका थाकुलिहरुको साथै विभिन्न क्षेत्रमा सम्मान प्रदान गरियो ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई नायः विशेष सम्मान प्रदान गरियो । साथै समितिका संस्थापक सदस्य गणेश बहादुर खड्गी पनि नायः विशेष सम्मानबाट सम्मानित भए ।

त्यसैगरी पत्रकारिता क्षेत्रमार्फत नेपालभाषाको उत्थानमा योगदान पुर्याउँदै आएका ६ जना पत्रकारहरु पनि कार्यक्रममा सम्मानित भए ।

नेवाः टिभिका प्रमुख नवीन जोशी, लहना साप्ताहिकका सुरेन्दभक्त श्रेष्ठ, लहनान्यूजका नृपेन्द्रलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसैगरी उज्यालो रेडियोबाट सिल्भीया राजोपाध्याय, झीगु डटकमबाट रेखा शाक्य र रेडियो मिर्मिरेका रेडियोकर्मी बुद्धशरण शाही पनि सम्मानित भए ।

साथै १३औं सागमा नेपालको लागि ५०औं स्वर्ण जित्ने बक्सिङ खेलाडि सनिल शाहि पनि कार्यक्रममा सम्मानित भए । सनिललाई नगद रु. २० हजार राशिसहित सम्मान गरिएको थियो ।

त्यसैगरी १३औं सागमा तेक्वान्डोमा रजत जित्न सफल भएकि मनिता शाहीलाई पनि नगद रु.१० हजार सहित सम्मान गरियो ।

साथै अन्जिता खड्गीबाट लिखित खड्गी समुदायसम्वन्धी अनुसन्धानमूलक पुस्तक ‘नायः, सिंह, शाही व खड्गी समाजया संस्कार’ पनि सोही कार्यक्रममा विमोचन गरिएको थियो । 

राजेन्द्र शाक्यबाट नेपालभाषामा अनुदित ‘समुदाय प्रहरी साझेदारीया अवधारणा पत्र’ पुस्तकको पनि कार्यक्रममा विमोचन गरिएको थियो ।

सोही कार्यक्रममा, समितिको सातौं महाधिवेशनको अवसरमा आयोजित नेवाः फुटसल कपका विजेताहरुलाई पनि पुरस्कार प्रदान गरियो । 

प्रतियोगीतामा ज्यापु महागुथिको टिम प्रथम भएको थियो । महागुथिको टिमलाई मेडल र प्रमाण पत्रको साथमा नगद पुरस्कार रु. ५० हजार समेत प्रदान गरियो ।

दोश्रो भएको टिम देशार समाजलाई मेडल, प्रमाण पत्रको साथमा नगद रु. २५ हजार प्रदान गरियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, समितिका संरक्षक मनोज नेवाः खड्गी, अध्यक्ष अन्जिता खड्गी, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल लगायतले आ आफ्नो विचार राखेका थिए ।

Categorized in समाज