arin enterprises

गैरकानूनी रुपम अनलाइन जुवा खेलाउने ३७ पक्राउ

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १०, मंगलबार

गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यालयका अनुसार प्रहरीले उनीहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको प्रहरीको दावी छ । अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ । पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके रहेको बताइएको छ ।

अन्य ३६ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ । २ वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए ।

उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ’डिपोर्ट’ गरेको थियो । अभद्र व्यवहारको कसुरमा समेत दोषी देखाई ती नागरिकलाई जरीवाना तिराएको थियो ।

Categorized in अपराध