arin enterprises

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

SamacharDesk – विकाश | २०७६ मङ्सिर ३०, सोमबार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको मृत्यु भएको छ । 

आईतबार बेलुकि १०ः२० बजे भट्टराईको निधन भएको हो । 

बेलुकी घरमै रहेको समयमा उनको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेको थियो ।

विकास बोर्डका अध्यक्ष साथै अभिनेता र चलचित्र निर्माता समेत भट्टराईको आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट लगायतका चलचित्र निर्माण गरेका छन् । उनको पछिल्लो चलचित्र यात्रा हो । 

तत्कालीन अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि गत २०७५ चैत्र ४ गतेको मन्त्रीपरिषद् वैठकले भट्टराईलाई विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

भट्टराईको श्रीमति र छोरा छन् ।

Categorized in पेजथ्री