arin enterprises

चाउचाउ कारखानामा लागेको आगो १० घण्टापछि नियन्त्रणमा

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

झापाको मेचीनगर नगरपालिका वडा नं १४ दुहागडीस्थित मनषा थाइफुड्स प्रालिमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ ।
आज विहान ५ बजेबाट शुरु भएको आगलागी अपरान्ह ३ बजे मात्रै नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर शुरु भएको आगलागी नियन्त्रणका लागि झापासहित मोरङ र सुनसरीबाट १५ वटा वरुणयन्त्र परिचालन गरिएको थियो ।
आगलागीका कारण उद्योगमा भएका उपकरण सहित कच्चा पदार्थ र उत्पादित सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
प्रहरीका अनुसार उद्योग परिसरमा भएका मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्ट ध्वस्त भएका छन् ।
२०७५ साल भदौंमा स्थापना भएको कम्पनीले चाउचाउसहित चीजबल, चीजरिङ, कुटुकुटु, पोट्याटो क्रयाकर, कर्न फ्लेक्स लगायतका सामग्री उत्पादन गर्दै आएको थियो ।  एक अर्ब बढी लगानीमा स्थापना भएको उद्योगमा २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

Categorized in समाज