चाउचाउ काराखानामा भीषण आगलागी
SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

आज विहान ५ बजे झापाको मेचीनगर नगरपालिका वडा नं १४ दुहागडीस्थित मगमग चाउचाउ कारखानामा भीषण आगलागी भएको छ ।
आगो आज विहानसम्म पनि नियणत्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको थिएन ।
मनषा फुडद्वारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागिको कारण भने अहिलेसम्म नखुलेको बताईएको छ ।
एक साता अघि मेचीनगरमा नै एसएस फुटवेयरमा भएको भीषण आगलागीमा आठ करोडभन्दा बढीको क्षति भएको थियोे भने आगोलागि नियन्त्रण गर्न ७ घण्टा लागेको थियो ।
Categorized in समाज
