arin enterprises

जनगायक भृगुराम श्रेष्ठको अन्तिम यात्रा

जनगायक भृगुराम श्रेष्ठको अत्येष्टि आज सम्पन्न भएको छ ।

आज सोमवार पशुपति आर्यघाटमा स्वर्गीय जनगायक श्रेष्ठको अत्येष्टि गरिएको हो । श्रेष्ठलाई उनका माइला सुपुत्र जबिनराम श्रेष्ठले दागबत्ती दिएका थिए ।

श्रेष्ठलाई अन्तिम श्रद्धान्जलि दिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, मल्ल के. सुन्दर, राजेन्द्र प्रसाद श्रेष्ठ लगायतका नेता, संगीतकर्मी, कलाकारहरुको बाक्लै उपस्थिती रहेको थिायो ।

स्वर्गीय श्रेष्ठलाई श्रद्धान्जलि दिन वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि पशुपति पुगेका थिए ।

उनको अन्तिम यात्राको केही झलक यहाँ प्रस्तुत गरिएको छ ।

 

याे पनि पढ्रनुहाेलाः रहेनन् जनगायक भृगुराम श्रेष्ठ