जयनगरदेखि जनकपुरसम्म नेपाली रेल चल्यो
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १, आइतबार

नेपालको एक मात्र नव निर्मित रेल सेवा आजबाट सुरु भएको छ ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । नियमित रेल सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिएको छ ।
नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले आइतबारदेखि प्रत्येक दिन एक पटक कुर्था–जयनगरसम्म ड्राइ रन रेल सञ्चालन गरिएको छ ।
रेल सञ्चालन भए पनि त्यसमा यात्रु नबोक्ने नै ड्राइ रन भएको बताउनुहुँदै महाप्रबन्धक निरञ्जन झाले खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुने बताउनुभयो ।
ड्राइ रनको क्रममा फल्टहरु फेला परेमा मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।
