arin enterprises

जुत्ता गोदाममा आगलागी हुँदा पाँचको मृत्यु

SamacharDesk – Ram Dangol | २०७८ माघ २८, शुक्रबार

दाङमा एउटा जुत्ता गोदाममा गएराती आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनमा रहेको ईरम फुटवेयरको गोदाममा आगलागी हुँदा सोही घरमा सुतेका पाँच जनाको निसास्सिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर ५ बस्ने ४२ वर्षीय नजरद्दिन अली, अन्दाजी ५ वर्षिय बालक अविनद्दिन अली, १६ वर्षीय मसिन बकस, १४ वर्षीय हसन बकस र १२ वर्र्षीया साजिता खातुन रहेको दाङ जिल्ला प्रहरीले जनाएका छन् ।

गएराती दुई बजेतिर भएको आगलागीमा घरभित्र फसेका उनीहरुको मृत्यु भएको र ३८ वर्षीय अमर डाँगीको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिनुभयो ।

आगलागीबाट चार तल्ले घरका साथै घरमा रहेका अन्य सामग्री पनि जलेर नष्ट भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले तुलसीपुर र घोराही उपमहानगरपालिकाका दमकलको सहायतमा विहान ६ बजे आगो नियन्त्रणमा लिएका थिए ।

विद्युतको मिटर पड्ँकिएर आगो लागेको प्रहरीले जनाएको छ ।

Categorized in समाज