arin enterprises

नेपालले आयोजक टिम ओमानलाई ६ विकेटले हरायो

SamacharDesk – Ram Dangol | २०७८ माघ २८, शुक्रबार

अल अमेरातमा भइरहेको चार देशीय टी२० क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको छ ।
नेपालले निर्धारित २० ओभरको ३ बल बाँकी छँदा ४ विकेट गुमाएर जित हासिल गरेको हो । 

टी२० विश्वकपको छनोट प्रतियोगिताको अगाडि दुवै टोलीको परीक्षणको रूपमा रहेको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा अब्बल प्रमाणित गर्दै ओमानलाई पछि पारेको हो ।

नेपालको जीतमा तीव्र गतिका बलर अभिनाश बोहराको कसिलो बलिङ र दीपेन्द्रसिंह ऐरीको ब्याटिङ महत्वपूर्ण रह्यो ।
टस जितेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।
जवाफमा नेपालले १९।३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । ऐरीले ५३ बल खेल्दै अविजित ७३ रन बनाएका थिए ।
शरद भेषवाकर चार रनमा अविजित रहे भने आरिफ शेखले २५, आसिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।
नेपाली प्रशिक्षक पुबुदु दशानायकेले खेलाडीहरूलाई प्रयोग गर्ने क्रममा ओपनिङ जोडीमा प्रदीप ऐरी र आसिफ शेखलाई खेलाएका थिए ।
यस्तै उनले कुशल भुर्तेल र करण केसीलाई बेन्चमा राख्दै सागर ढकाल र विवेक यादवलाई पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका दिएका थिए ।

Categorized in स्पाेर्ट्स