arin enterprises

बाह्र दिनपछि फोहोर उठ्न थाल्यो

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १२, बिहिबार

ल्याण्डफिल्ड साइटका स्थानीयहरुले अवरोध गरेपछि थुप्रिएको उपत्यकाको फोहोर करिब बाह्र दिनपछि उठ्न थालेको छ ।  

बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर विसर्जन हुन थालिएको हो ।

तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहोर उठ्न सकेको थिएन । 

बाह्र दिनपछि फोहोरको व्यवस्थापन हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहोर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ ।

 

Categorized in समाज