arin enterprises

बिरजको ‘छ लुइवं हे’ सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ मङ्सिर २३, सोमबार

बिरज महर्जनको नेपालभाषाको गीत ‘छ लुइवं हे जीवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महर्जनको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितले सार्वजनिक भएको गीत नयाँ पुस्तालाई सुहाउँदो भएको बताउँदै कलाकार बिरजलाई सफलतको शुभकामना समेत दिनुभयो ।

साथै संगीतकार जुगल डंगोल, रचनाकार सुरजवीर बज्राचार्य, निर्देशक रामकृष्ण खड्गीले निर्माण पक्षको बारेमा जानकारी दिए ।

म्यूजिक भिडियोमा अभिनय गरेका मोडल श्रृष्टि महर्जन र अनुज शाक्यले आआफ्नो अनुभव सुनाए ।

आर के फ्लिम प्रोडक्सनको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन रामकृष्ण खड्गीले गर्नुभएको छ भने छायाङ्कन सोहन मानन्धरको रहेको छ । 

सार्वजनिक गरिएको गीतमा गायक बिरज महर्जनले स्वर दिएका छन् भने जुगल डंगोलको संगीत र सुरवीर बज्राचार्यको रचना रहेको छ ।

यसभन्दा अघि, कलाकार महर्जनको नेपाली गीत आमा मेरी आमा, नेपालभाषाको गीत तुयु तुयु धाःगु लोकप्रिय रहेको थियो ।

 

Categorized in पेजथ्री