राष्ट्रिय फोटो प्रदर्शनी–२०७५ सम्पन्न
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ श्रावण २१, सोमबार

राष्ट्रिय फोटो प्रदर्शनी २०७५ काठमाडौंमा सम्पन्न भएको छ । गएको १६ गते बुधवारबाट शुरु भएको फोटो प्रदर्शनी सोमबार सम्पन्न भएको हो ।
प्रदर्शनीमा राष्ट्रिय फोटो प्रतियोगीता २०७५ मा विभिन्न विधामा उत्कृष्ट ठहरिएका १६० वटा फोटोहरु राखिएको थियो ।
फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिज्म, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट भएका १६० फोटो प्रदर्शनीमा राखिएको थियो ।
गएको १६ गतेबाट बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी शुरु भएको थियो । ६ दिनको दौरान हजारौंले प्रदर्शनीमा राखिएका फोटोहरु अवलोकन गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।
राष्ट्रिय फोटो प्रतियोगीता २०७५ मा भने करीब १ हजार फोटोग्राफरले खिचेका लगभग ७००० वटा फोटोहरु दर्ता भएका थिए । ती फोटो मध्येबाट १६० वटा फोटोहरु विभिन्न विधामा उत्कृष्ट ठहरिएका थिए ।
Categorized in पेजथ्री